खोटाङ — खुला टेबलटेनिस प्रतियोगिताको उपाधि ललितपुरका सुजन गदालले चुमेका छन् । दिक्तेलको माटिकोरे कभर्डहलमा बुधबार सम्पन्न खेलमा रूपन्देहीका बुद्धिमान तामाङलाई पराजित गर्दै गदालले उपाधि चुमेका हुन् ।
एभिएम टेबलटेनिस क्लब ललितपुरका गदालले २५ हजार नगद, ट्रफी, पदक र प्रमाणपत्र पाएका छन् । उपविजेता तामाङले १२ हजार पाँच सय नगद, ट्रफी, पदक र प्रमाणपत्र हात पारेका छन् । तृतीय हुने सुनसरीका सिद्धार्थ तामाङ र एभिएमका प्रजिल भट्टराईले ६ हजार दुई सय ५० रूपैयाँका दरले नगद, ट्रफी, पदक र प्रमाणपत्र पाएका छन् ।
खुला जुनियर महिला टेबलटेनिस प्रतियोगितामा एभिएमकै साइरा शाक्य प्रथम भएकी छन् । उनले दश हजार नगद, ट्रफी, पदक र प्रमाणपत्र पाएकी छन् । दोस्रो भएकी एभिएमकी अर्सना महर्जनले पाँच हजार नगद, ट्रफी, पदक र प्रमाणपत्र पाएकी छन् । तेस्रो हुने खोटाङकी टोनिस्मा पोखरेल र खोटाङकै ज्ञानु राईले दुई हजार पाँच सय रूपैयाँका दरले नगद, ट्रफी, पदक र प्रमाणपत्र पाएका छन् ।
खुला जुनियर पुरुष टेबलटेनिस प्रतियोगितामा एभिएमकै जयस्नु महर्जनले १५ हजार नगद, ट्रफी, पदक र प्रमाणपत्र, दोश्रो हुने एभिएमकै प्रजिल भट्टराईले सात हजार पाँच सय नगद, ट्रफी, पदक र प्रमाणपत्र पाएका छन् । रूपन्देहीका बुद्धिमान गुरुङ र रूपन्देहीकै समीर खत्री तेश्रो घोषित भएका छन् ।
उनीहरूले तीन हजार सात सय ५० रूपैयाँका दरले नगद, ट्रफी, पदक र प्रमाणपत्र पाएको आयोजक नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईले बताएका छन् । त्यस्तै बुधबारै सम्पन्न बुद्धिचाल प्रतियोगितामा ललितपुरका बुद्धीलाल नेपाली प्रथम, सुनसरीका हिमाल राई दोश्रो, खोटाङका धिरेन राई तेश्रो, रौतहटका रूपेश जैशवाल चौथो र सुनसरीका मुहान नर्सिङ श्रेष्ठ पाँचौ भएका छन् ।
प्रथम हुनेले २५ हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार, चौथोले ८ हजार र पाँचौंले सात हजार नगदसहित ट्रफी, पदक र प्रमाणपत्र पाएका छन् ।
त्यस्तै झापाका सुमन श्रेष्ठ छैटौं, भोजपुरका प्रदीप राई सातौं, काठमाडौंका नवीव तण्डुकार आठौं, झापाका राजन सुवेदी नवौं र मोरङका उमेश राई दशौं भएका छन् । छैटौंदेखि दशौंसम्मले जनही चार हजारका दरले नगदसहित ट्रफी, पदक र प्रमाणपत्र पाएका छन् ।
उक्त खेलमा खोटाङका खेलाडीहरूबीच पनि प्रतिपर्धा भएको छ । यस अन्तरगत खोटाङ प्रथम दयन राई, दोश्रो कृष्ण गुरुङ, तेश्रो खिलाराज राई भएका छन् । उनीहरूले क्रमशः पाँच हजार, चार हजार, तीन हजार नगद, ट्रफी, पदक र प्रमाणपत्र पाएका छन् ।
खेलमा दिक्तेल रूपाकोट नगरपालिकाका वेस्ट खेलाडीको रूपमा पदमकुमार राई घोषित भएका छन् । उनले दुई हजार पाँच सय रूपैयाँ नगद र प्रमाणपत्र पाएका छन् । त्यस्तै वेस्ट भेट्रान्समा सुनसरीका चुडामणि कुलुङ राईले तीन हजार नगद, ट्रफी र प्रमाणपत्र, वेस्ट अनरेटेड भएका दाङका बेदे सारु मगरले तीन हजार नगद, ट्रफी र प्रमाणपत्र तथा अण्डर १६ मा प्रथम हुने खोटाङका सुयव सैजुले दुई हजार पााच सय सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको अध्यक्ष राईले बताएका छन् ।
दोस्रो बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव अन्तगरत उक्त प्रतियोगिता भएको हो । यसअन्तरगत जेठ ४ गते साहित्यिक महोत्सव हुने आयोजकले जनाएको छ ।
