काठमाडौँ — अस्ट्रेलियामा बस्दै आएका पूर्वकराते खेलाडीले एभरेस्ट मार्सल आर्ट्स एकेडेमी सञ्चालमा ल्याएका छन् । सिड्नीस्थित ग्रानभिलीमा स्थापना भएको एकेडेमीको अध्यक्षमा दक्षिण एसियाली खेलकुद (साग)मा कांस्य पदकसहित पाँचौं, छैटौं र सातौं राष्ट्रिय खेलकुदका साथै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका स्वर्ण पदक विजेता मुकुन्द्र महर्जन छन् ।
उपाध्यक्षमा लक्ष्मी भट्ट, सचिव तथा पब्लिक अफिसरमा रोजन कार्की, सदस्यता संयोजकमा मल्लिका थापा क्षेत्री, कोषाध्यक्षमा सोम लामा, कार्यक्रम निर्देशकमा मनिष थापा क्षेत्री, पिआर अफिसरमा राजकुमार रसाइली, प्रतियोगिता संयोजकमा नविन महर्जन र सदस्यमा प्रिन्स महर्जन छन् ।
नविन साग गेम्सका स्वर्ण तथा राजकुमार कांस्य पदक विजेता हुन् । अन्यले पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक जितेका छन् ।
अध्यक्ष महर्जनले सिड्नीमा रहेका नेपाली बालबालिकालाई खेलमा आकर्षित गुर्नका साथै नयाँ खेलाडी उत्पदनको उदेश्यले एकेडेमी सञ्चालनमा ल्याएको बताए । ‘हाम्रो मुख्य उद्देश्य भनेकै सिड्नीमा रहेका नेपाली बालबालिकालाई खेलमा आकर्षित गराउनु हो । एकेडेमीबाट राम्रा खेलाडी उत्पादन गर्ने हाम्रो चाहना हो,’ अध्यक्ष महर्जनले भने,‘ यस एकेडेमीले नेपाली खेलाडीलाई एक ठाउँमा ल्याएको छ । यसमार्फत नेपाली खेलाडी र खेलकुदको विकासमा संस्थागत रूपमा सहयोग गर्न सहज हुन्छ ।’
