काठमाडौँ — नेपाल ट्रायथलन संघ र जापान ट्रायथलन युनियनबीच साझेदारी गर्ने सम्झौता भएको छ । नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ र जापान ट्रायथलन युनियनका अध्यक्ष मित्सुहिडे इवाकीले सम्झौता पत्र आदान प्रदान गरे ।
सम्झौतापत्रमा दुई देशका खेलाडीबीचको प्रशिक्षण र संस्कृति आदानप्रदान, संयुक्त रुपमा प्रतियोगिता आयोजना गर्ने उल्लेख छ ।
