एसियन युथ बक्सिङमा सात खेलाडीले भाग लिने

वैशाख २५, २०८२

कान्तिपुर संवाददाता

Seven players will participate in Asian Youth Boxing

काठमाडौँ — एसियन यू–२२ तथा युथ बक्सिङ प्रतियोगितामा नेपालका सात खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल बक्सिङ संघले आयोजना गरेको राष्ट्रव्यापी छनोट प्रतियोगितामा उत्कृष्ट भएका खेलाडीले श्रीलंकाको  कोम्लबोमा बैशाख २९ देखि जेठ १० सम्म हुने प्रतियोगितामा भाग लिनेछन् ।

२८ देशका २७० खेलाडी प्रतिस्पर्धी रहने प्रतियोगितामा भाग लिन नेपाली टिम वैशाख २७ मा कोलम्बो जाने नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीले बताए ।

खेलाडीतर्फ ५२ केजी तौल समूहमा रोशनी घलान, ६० केजीमा नारिका राई, ८१ केजीमाथि त्रिशा जबेगु छन् । पुरुष ४८ केजीमा लालप्रसाद उप्रेती, ५१ केजीमा अर्पिल राना, ५७ केजीमा सिंहवीर लिम्बू र ६० केजीमा छिरिङ वाङ्दी शेर्पा छन् । प्रशिक्षकमा सुजितकुमार पुनमगर, रेफ्री/जजमा सन्तोष आलेमगर र व्यवस्थापकमा मानबहादुर भण्डारी छन् । खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले बिदाइ गरे ।

कान्तिपुर

Link copied successfully