आर्मी राष्ट्रिय पुरुष हक्की च्याम्पियन

वैशाख २४, २०८२

कान्तिपुर संवाददाता

Army National Men's Hockey Champion

काठमाडौँ — विभागीय टोली त्रिभुवन आर्मी क्लबले राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि जितेको छ । ललितपुरको च्यासल रंगशालामा बुधबार फाइनलमा आर्मीले गण्डकी प्रदेशलाई साँघुरो अन्तरमा २–० गोलले हराएको थियो ।

आर्मीबाट राजेन्द्र कार्की र अम्बरबहादुर गुरुङले गोल गरेका थिए । दुवै हाफमा १–१ गोल गर्नेक्रममा आर्मीले २२ औं मिनेटमा राजेन्द्रको गोलबाट अग्रता लिएको हो । दोस्रो हाफको ४३ औं मिनेटमा अम्बरले गोल गरेर अग्रता दोब्बर बनाए । राजेन्द्र प्लेयर अफ द म्याच भए ।

इमर्जिङ प्लेयर एपीएफका पवन मावो, बेस्ट डिफेन्डर रन्जित राउत र बेस्ट किपर गण्डकीका जोसन राई चुनिए भए । सर्वाधिक गोलकर्ता आर्मीका काशिराज राई र राजेन्द्र कार्की भए । दुवैले ६ गोल गरेका थिए । आर्मीका देवसिंह धामी प्लेयर अफ द टुर्नामेन्ट भए ।

नेपाल पुलिस क्लब तेस्रो भयो । विभागीय डर्बीमा पुलिसले एपीएफलाई ३–० गोलले हराएको हो । शंकर घर्तीमगरले २ गोल र मिलन तामाङले एक गोल गरे । गण्डकीका प्रेम बिक प्लेयर अफ म्याच भए ।

शीर्ष तीन स्थानका विजेता टिमले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ पुरस्कार पाए । विधागत उत्कृष्ट खेलाडीले जनही ५ हजार पाए । राष्ट्रिय महिला हक्कीमा पनि आर्मी टिम नै विजेता बनेको थियो ।

विजेता खेलाडीलाई सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले पुरस्कृत गरेका थिए ।

Army National Men's Hockey Champion

कान्तिपुर

Link copied successfully