युथ जुडो टोली थिम्पूतिर

वैशाख २३, २०८२

कान्तिपुर संवाददाता

Youth Judo Team to Thimphu

काठमाडौँ — प्रथम दक्षिण एसियाली युथ जुडो डेभलपमेन्ट प्रतियोगिता तथा क्याम्पमा भाग लिन ६ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली मंगलबार भुटानको थिम्पू गएको छ ।

मे ७ देखि १२ सम्म हुने प्रतियोगितामा बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) का चार पुरुष र दुई महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

पुरुष ४० केजीमुनि विसाज महर्जन र सदिन तामाङ, ५० केजीमुनि जुविन महर्जन तथा ३६ केजीमुनि साइमन तामाङले खेल्नेछन् । महिला ५७ केजीमुनि स्रष्टा नापित र ३६ केजीमुनि जेनिसा वाइबा प्रतिस्पर्धा हुनेछन् ।

प्रशिक्षकमा योगन्द्र विष्ट, अफिसियलमा नवीन महर्जन, आईटी अफिसियलमा लखनराज थापा मगर र कुलबहादुर कुँवर तथा निर्णायकमा किरण गडेल छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्य, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यलगायतले बिदाइ गरे ।  

प्रतियोगितामा नेपालसहित भारत, भुटान र बंगलादेशका ८ टिमको सहभागिता रहने एमएमएसीका मुख्य प्रशिक्षक धर्मकुमार श्रेष्ठले जनाए ।

कान्तिपुर

Link copied successfully