विद्यालयस्तरीय बुद्धिचालमा बिद्या वरदानको वर्चश्व 

वैशाख २२, २०८२

लक्ष्मी गौतम

Predominance of giftedness in school-level intelligence

पाँचथर — पाँचथरको फिदिममा आयोजित बुद्विचाल प्रतियोगितामा बिद्या वरदान बोडिङ स्कुलका सन्दिप तामाङ प्रथम भएका छन्। सातौं रन खेलेका उनले ६ वटा खेल जित्दै प्रथम स्थान सुरक्षित गरेका हुन्।

सोही विद्यालयका ब्रिटिस कार्की र हेनचेन आङ्बो क्रमशः दोस्रो र तेस्रो भए । फिदिम माविका नवराज नेपालले पाँच अंक ल्याएर चौथो तथा नयाँ नमुना माविका अप्सन राना मगर पाँचौ भए।

छात्रातर्फ बिद्या वरदानकै सेमिना राई प्रथम र १३ वर्षभन्दामुनिको उमेर समूहबाट रानिटार माविका सर्मिला राई प्रथम भइन्। प्रतियोगितामा पहिलो हुनेले नगद पाँच हजार, दोस्रोले चार हजार, तेस्रोले तीन हजार, चौथोले दुई हजार र पाँचौले एक हजार नगद सहित प्रमाण पत्र प्राप्त गरे।

जिल्ला बुद्विचाल संघ पाँचथरको आयोजनामा फिदिम बजारमा आयोजनामा प्रतियोगिता सम्पन्न भएको आयोजक बुद्विचाल संघका अध्यक्ष विजयबोध लावतीले जानकारी दिए ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully