काठमाडौँ — नेपाली तेक्वान्दो खेलाडी अदिश खड्काले भएको गोल्ड कोस्ट ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०२५ मा स्वर्ण पदक जितेका छन् ।
उनले आइतबार भएको पुरुष १७ वर्षमुनिको व्यक्तिगत पुम्सेमा स्वर्ण जितेका हुन् । अदिशले कुल ६.२३ अंक बटुल्दै आयोजक राष्ट अस्ट्रेलियाका खेलाडीलाई पछाडि पार्दै स्वर्ण जितेका थिए ।
अदिशले एक साताअघि जापानको ओसाकामा भएको जापान वाता ओपन अन्तर्राष्ट्रिय तेक्वान्दोमा सोही उमेर समूहमा रजत पदक जितेका थिए । उनी उतैबाट अस्ट्रेलिया गएका हुन् ।
नामी कलेजमा कक्षा ११ मा अध्ययनरत अदिश तेक्वान्दोका तेस्रो डान खेलाडी हुन् । उनको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो ।
