लायन्स कप भलिबल : पुलिस र आर्मी सेमिफाइनलमा

वैशाख २०, २०८२

कान्तिपुर संवाददाता

Lions Cup Volleyball: Police vs Army in semi-finals

पोखरा — तीनै विभागीय टोलीले प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका छन् ।

लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा अन्तिम लिग खेलमा आर्मीले पुलिसलाई ३–१ को सेटमा हराएको थियो । पहिलो सेट २५–१९ ले गुमाएको आर्मीले उत्कृष्ट पुनरागमन गर्दै जित निकाल्यो । आर्मीले २५–१४, २५–१७, २५–२१ ले सेट आफ्नो पक्षमा पारेको थियो । आर्मी र पुलिससँगै समान अंक जोडेको भारतीय टोली सेटका आधारमा बाहिरियो । सेट र अंकका आधारमा समूह ‘बी’ बाट पुलिस विजेता र आर्मी उपविजेता भएर सेमिफाइनल पुग्यो ।

यसअघि समूह ‘ए’ बाट एपीएफ र इरानी टोलीले सेमिफाइनलमा स्थान बनाइसकेका छन् । इरानी टोली समूह विजेता र एपीएफ उपविजेता भएर अगाडि बढेको हो । दुवै खेलमा पराजित गण्डकी प्रदेश बाहिरिएको थियो । सेमिफाइनल खेल आइतबार हुनेछ ।

कान्तिपुर

Link copied successfully