एसियन स्केटिङलाई तयारी गरेर महिला टोली फर्कियो

वैशाख १८, २०८२

कान्तिपुर संवाददाता

The women's team is back after preparing for the Asian Skating

काठमाडौँ — दक्षिण कोरियाको इन्चोन सिटीमा जुलाई १–३ सम्म हुने २० औं एसियन रोलर स्केटिङ प्रतियोगिताको तयारीका क्रममा भारतको पन्जाबमा गएको नेपाली महिला राष्ट्रिय रोलर डर्बी टिम काठमाडौ फर्किएको छ ।

टोली अप्रिल १८–२८ सम्म बन्द प्रशिक्षणमा सहभागी भएको थियो । कोरियामा हुने प्रतियोगिताका लागि । ६ महिनादेखि नेपालमा तयारी गरिराखेको महिला टोली थप तयारीलाई भारत गएको हो ।

रोलर डर्बीका प्रमुख प्रशिक्षक दिलीपराज बरालका अनुसार नेपालमा रोलर स्केटिङ खेल निकै सम्भावना बोकेको खेल भएकाले एसियन च्याम्पियनसिपमा पदक दिलाउन सक्ने गरी तयारी गरिएको छ । प्रशिक्षणका क्रममा प्रशिक्षक बराल, सन्दीप भट्नागर, इलियन फ्रेन्चले एसियामा स्केट स्पोर्ट्सको सम्भावना तथा प्रवर्द्धन विकास सम्बन्धमा गहिरो छलफल गराएका थिए ।

प्रशिक्षणमा खेलाडी कृपा पन्त, प्रेसिका बोहरा, नयना शाक्य, प्रसुना लामा, आयुष्मा ठकुरी, निमिशा तामाङ, पासाङ याङ्जी शेर्पा, योगिना श्रेष्ठ र सुचिना भाजु सहभागी थिए । टिम व्यवस्थापकमा सन्जु श्रेष्ठ र अफिसियलमा विकास लामा थिए ।

The women's team is back after preparing for the Asian Skating

नेपाल स्केट तथा स्केटबोर्डिङ संघका सल्लाहकार रहेका प्रशिक्षक बराल र महासचिव सत्य थापाले खेलाडीको आवतजावतलगायतको व्यवस्थापनमा सहयोग गरेका थिए ।

कञ्चनपुरको गड्डाचौकी हुँदै फर्किएको टोलीलाई कैलालीको घोडाघोडी नगरपालिका प्रमुख खडक रावतले स्वागत गरेका थिए । काठमाडौं विमानस्थलमा बुधबार साँझ नेपाल स्केट तथा स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनालले स्वागत गरेका थिए ।

कान्तिपुर

Link copied successfully