काठमाडौँ — राजवीर प्रधान ११ औं सिटिजन्स बैंक टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा बुधबार सेमिफाइनलमा पुगेका छन् । राजवीरले नेपाल नम्बर वान प्रदीप खड्कालाई ६–४, ७–५ को सोझो सेटमा पराजित गरे । आरभसम्राट हाडाले सक्षमविक्रम शाहलाई ६–२, ६–१, निशान श्रेष्ठले प्रणव खनाललाई ४–६, ६–२, ७–५ र निहालजंग थापाले प्रितम परियारलाई ६–२, ६–१ ले हराएर सेमिफाइनलमा स्थान बनाए ।
महिला सिंगल्समा अभिलाषा विष्टले समृद्धि महर्जनलाई ६–२, ६–० ले, जेनी खड्काले प्रकृति श्रेष्ठलाई ६–२, ६–० ले, आइशा डोल्कर लामाले कर्मिष्ठा नुगाह श्रेष्ठलाई ७–६, ६–३ तथा स्वस्तिका विष्टले सुनीरा थापालाई ६–३, ३–६, ७–६ ले हराएर सेमिफाइनलमा स्थान बनाए ।
सिटिजन्स बैंकको मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियार, सिमान्त गुरुङ, भीष्मजंग गुरुङ र सन्तोष खत्रीले सेमिफाइनलमा स्थान सुरक्षित गरे । ४५ वर्षमाथि पुरुष डबल्समा कमलबहादुर भण्डारी र सुमित मैनालीको जोडीले डेगेन्द्र श्रेष्ठ र महेश श्रेष्ठको जोडीलाई ५–७, ६–३, १०–७ ले हरायो । भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा भिक्टर राणा, ध्रुवबहादुर गुरुङ, उत्तम बोगटी र विमलकुमार गुरुङ सेमिफाइनलमा पुगे । ५५ वर्षमाथि पुरुष सिंगल्समा मनोजविक्रम शाह, चन्द्र शाही, कमलबहादुर भण्डारी र महेश श्रेष्ठले सेमिफाइनलमा स्थान बनाए ।
मिक्स डबल्समा अभिलाषा र आरभसम्राटको जोडीले इन्द्रकला श्रेष्ठ र हरसिंह धामीको जोडीलाई ६–०, ६–१ को सोझो सेटमा हराएर सेमिफाइनलमा स्थान बनायो ।
