सन्तोषले अमेरिकामा जिते रजत पदक

वैशाख १५, २०८२

कान्तिपुर संवाददाता

Santosh won silver medal in USA

काठमाडौँ — नेपाली कराते खेलाडी सन्तोष राईले अमेरिकामा भएको हिराल्डो काई अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा रजत पदक जितेका छन् ।

न्युयोर्कस्थित कोरोनामा सम्पन्न च्याम्पियनसिपमा सन्तोषले सिनियर एकल कातातर्फ रजत जितेका हुन् ।

गत वर्षसन्तोषले इङ्ल्यान्डमा सम्पन्न ईकेएफ ओपन कराते सिरिजमा रजत जितेका थिए । यस वर्ष  सन्तोषले आफ्नो पहिलो अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा पदक जितेका हुन् ।

फाइनलमा अमेरिकाका कर्नाडोसँग पराजित भएपछि सन्तोष रजतमै खुम्चिएका हुन् । सन्तोषले यस वर्ष पहिलो अन्तर्राष्ट्रिय च्याम्पियनसिपमै पदक जित्न पाउँदा उत्साह थपिएको बताएका छन् ।

उनले सेमिफाइनलमा बेल्घिमी करिम र क्वाटरफाइनलमा पाब्लिनिया गेरोमीलाई हराएका थिए । च्याम्पियनसिपमा फाइटतर्फ भने उनी सेमिफाइनलमा पराजित भएको प्रशिक्षक सुनिल लामाले जानकारी गराएका छन् ।

उनले लास भेगासमा सम्पन्न युएस ओपनमा पनि प्रतिस्पर्धा गरेका थिए । त्यहाँ उनी क्वाटरफाइनलमा इजिप्टका खेलाडीसँग अंक बराबरी भएपछि सेन्सुका आधारमा पराजित भएका थिए । सन्तोष इचङ्गु डोजाका प्रमुख हुन् । 

कान्तिपुर

Link copied successfully