काठमाडौँ — समृद्धि महर्जन र जेनी खड्का ११ औं सिटिजन्स बैंक टेनिस प्रतियोगिताको महिला सिंगल्सतर्फ सोमबार क्वाटरफाइनलमा पुगेका छन् ।
आर्मी अफिसर्स क्लब कोर्टमा समृद्धिले श्रेया भट्टराईलाई ६–३, ०–६, ६–४ को सेटमा हराइन् । जेनीले यि ओयाङबाट वाकओभर पाइन् । कर्मिष्ठा नुगाह श्रेष्ठले प्रशंसा मोक्तानलाई ७–६, ६–१ ले, आइसा डोल्कर गुरुङले म्यान्डी जियाङलाई ६–०, ६–१ ले र स्वस्तिका विष्टले प्राज्ना मानन्धरलाई ६–२, ७–५ ले हराएर क्वाटरफाइनलमा स्थान बनाए ।
पुरुष सिंगल्समा आरभसम्राट हाडाले मनोज महर्जनलाई ६–०, ६–० ले र सन्देश अधिकारीले इरफान उद्दिनलाई ६–०, ६–० ले हराए । प्रणव खनालले वाकओभर पाए ।
सिटिजन्स बैंकको मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा नवीन श्रेष्ठ, गगन महर्जन, भीमबहादुर थापा, कुशल पाण्डे, रामबहादुर नेपाली, बबिमविक्रम थापा, कृष्णदेव उप्रेती र दावा सोनम विजयी भए ।
राखेपको टेनिस कोर्टमा भएको ६५ वर्षमाथि पुरुष सिंगल्समा वाल्टर स्मिथ, पवित्रजंग रायमाझी र ज्ञानेन्द्रमान ताम्राकार विजयी भए । ५५ वर्षमाथि पुरुष सिंगल्समा ताइ ह्वान हुर र उत्तम बोगटी विजयी भए ।
भेट्रान ५५ वर्षमाथि पुरुष डबल्समा शिव सेढाईं र राजु क्षेत्री, प्रेम थापा र रमेश रोक्का, उत्तम बोगटी र सञ्जय झा, राम राणा र सागर केसी तथा मनोजबहादुर शाह र सन्जिव श्रेष्ठको जोडीले आ–आफ्ना प्रतिद्वन्द्वीलाई हराए ।
६५ वर्षमाथि पुरुष डबल्समा ज्ञानेन्द्र ताम्राकार र सहदेव ढुंगाना तथा मनोज राणा र धीर गुरुङको जोडी अघिल्लो चरणमा प्रवेश गरे ।
भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा डेगेन्द्र श्रेष्ठ र महेश श्रेष्ठ, रोहित सुनुवार र इब्राहिम मुस्लिम, कमलबहादुर भण्डारी र सुमित मैनाली तथा मानबहादुर कटुवाल र हिमाल शाहको जोडी विजयी भए ।
