शाहको संयोजकत्वमा एथलेटिक्सको तदर्थ समिति

वैशाख १५, २०८२

कान्तिपुर संवाददाता

Ad Hoc Committee on Athletics chaired by Shah

काठमाडौँ — राजीवविक्रम शाहको संयोजकत्वमा १७ सदस्यीय नेपाल एथलेटिक्स संघ, तदर्थ समिति गठन गरिएको छ ।

समितिले ३ महिनाभित्र राष्ट्रिय खेलकुद परिषद्को स्वीकृतिमा साधारणसभा र निर्वाचन सम्पन्न गर्नेुपर्नेछ ।

शाह कर्णाली प्रदेशका मन्त्री हुन् । राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष एवं युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा गत चैत २९ गते बसेको १२२ औं बोर्ड बैठकको निर्णयअनुसार राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ को उपदफा ४ बमोजिम तथा राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को नियम ७ बमोजिम क्रियाशील प्रदेश तथा जिल्ला संघबाट प्रतिनिधिको सहभागितामा तीन महिनाभित्र साधारणसभा र निर्वाचन सम्पन्न गर्न तदर्थ समिति गठन गरिएको हो ।

समितिको सदस्यमा कोमल ओली, सन्जिव तुलाधर, सन्तोषकुमार ढकाल, शैलेन्द्र खनाल, परलिता राणा मल्ल, मोहन घले, आरके विष्ट, दिलबहादुर बम, शिव आचार्य, राजबहादुर गुरुङ, तेजेन्द्र थापा, अनिरुद्र चौधरी, अञ्जु चौधरी, जियाबुल हक, नन्दु काउचा र जगतसिंह धामी छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully