सिन्धुपाल्चोक — जिल्लाका पुराना खेलाडी तथा तेक्वान्दो प्रशिक्षक प्रेमबहादुर भण्डारी शनिबार काठमाडौंमा सम्मानित भएका छन् । प्रथम शेरबहादुर कप राष्ट्रिय कराते प्रतियोगिता–२०८२ को समापन कार्यक्रममा कराँते एकेडेमीमा आयोजक कमिटीद्वारा भण्डारीलाई तेक्वान्दोको माध्यमबाट खेलक्षेत्रमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो ।
शनिबार पूर्वउपप्रधानमन्त्री तथा कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का, युवा तथा खेलकुदमन्त्री वाग्मती प्रदेशका मीनकृष्ण महर्जनलगायतले कदर पत्र हस्तान्तरण गर्दै उनलाई सम्मान गरे ।
२०४७ देखि तेक्वान्दोमा होमिएका भण्डारीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वर्ण र अनेक पदक जितिसकेका छन् । एशियाली तेक्वान्दो महासंघको युथ कमिटीको सदस्य रहेका उनी नेपाल तेक्वान्दो संघ सिन्धुपाल्चोकका अध्यक्ष र काठमाडौंमा रहेको गोठाटार तेक्वान्दो डोजाङका संस्थापक पनि हुन् ।
