टीकाथली बक्सिङ क्लबको उद्घाटन

वैशाख १३, २०८२

कान्तिपुर संवाददाता

Inauguration of Tikathali Boxing Club

काठमाडौँ — महालक्ष्मी नगरपालिका–७ स्थित चाङ्गाथलीमा टीकाथली बक्सिङ क्लबको शनिबार उद्घाटन गरिएको छ । महालक्ष्मी नगरपालिका मेयर हरिगोविन्द श्रेष्ठले क्लबको उद्घाटन गरेका थिए ।

३ आना २ पैसा क्षेत्रफलमा निर्माण गरिएको दुई तले भवनको लागत ५२ लाख रुपैयाँ रहेको महालक्ष्मी नगरपालिका वडा ७ का अध्यक्ष बाबुराज महर्जनले जनाएका छन् । बाँकी १ तला २०८२/८३ मा निर्माण गरिने अध्यक्ष महर्जनले जानकारी गराए ।

क्लबको प्रशिक्षकमा दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता रामचन्द्र थापा, प्रभु दास, विनोद कुँवर र सुवर्ण सापकोटा छन् ।

उद्घाटनका अवसरमा क्लब निर्माणका लागि जग्गा दान गर्ने लालबहादुर महर्जन तथा क्लबलाई खेल सामग्री सहयोग गर्ने अष्ट कवे, श्याम कवे, मधुसुदन बुढाथोकी र उमेश रिजाललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा महालक्ष्मी नगरपालिकाकी उपमेयर लक्ष्मी महर्जन, तालिम तथा प्रशिक्षण विभागका निर्देशक विष्णुबहादुर सिंह, नेपाल बक्सिङ संघका महासचिव मानबहादुर भण्डारी, बक्सिङका मुख्य प्रशिक्षक प्रवीण तुलाधर सहभागी थिए ।

कान्तिपुर

Link copied successfully