नेपाल युथ गेम्स हुने

वैशाख ११, २०८२

कान्तिपुर संवाददाता

Nepal Youth Games will be held

काठमाडौँ — सार्थक खेल संसारले नेपाल युथ गेम्स हुने भएको छ । यू–१५ उमेर समूहका किशोरकिशोरीलक्षित प्रतियोगितामा फुटबल, बास्केटबल, भलिबल, क्रिकेट, एथलेटिक्स र ई–स्पोर्ट्स गरी ६ विधामा हुनेछ ।

देशका ७७ जिल्लामा प्रतिभा खोजी तथा छनोट कार्यक्रम सञ्चालन गरिनेछ । छनोट र प्रशिक्षणसँगै हुने भएकाले समय लाग्ने प्रक्रिया भन्दै आयोजकले जनाएको छ ।

फाइनल चरण मंसिर १३ देखि २० सम्म काठमाडौं उपत्यकामा हुनेछ । त्यसमा ७ प्रदेशका टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिता नेपालमै पहिलोपटक दीर्घकालीन योजनासहित गर्न लागिएको सार्थक संसारका अध्यक्ष सुशन दुलालले बताए । हरेक वर्ष एउटा प्रदेशमा गरिने योजनाअनुसार पहिलो संस्करण गण्डकी प्रदेशबाट सुरु हुनेछ ।  

युथ गेम्समार्फत माध्यमिक तहका किशोरलाई व्यावसायिक खेलकुदतर्फ डोर्‍याउने लक्ष्य राखिएको छ । दस वर्षको योजना बनाएर खेलकुद गर्न लागेको र १० वर्षपछि राष्ट्रिय टिममा खेलाडी पुर्‍याउने लक्ष्य भएको बताइएको छ । सार्थक खेल संसारले ७ वटै प्रदेशमा एकेडेमी निर्माण गर्ने योजना दुलालले बताए । जिल्लाका खेलाडी छनोट चरण अर्को साताबाट सुरु गर्ने तयारी छ ।

कान्तिपुर संवाददाता

Link copied successfully