एपीएफ र आर्मी महिला भलिबलको सेमिफाइनलमा

वैशाख ११, २०८२

कान्तिपुर संवाददाता

APF and Army Women's Volleyball semi-finals

काठमाडौँ — एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब आठौं केएनपी शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बिहीबार सेमिफाइनल पुगेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा समूह ‘ए’ को लिग खेलमा डिफेन्डिङ च्याम्पियन एपीएफले एभरेस्ट भलिबल क्लबलाई २५–१९, २५–१५, २५–१० को सोझो सेटमा पराजित गर्‍यो । एपीएफकी पूजा चौधरी प्लेयर अफ द म्याच घोषित भइन् ।

समूह ‘ए’ मै अर्को लिगमा आर्मीले एभरेस्टलाई २५–१६, २५–१८, २५–१७ ले हरायो । आर्मीकी सोफिया पुन प्लेयर अफ द म्याच बनिन् । तीन टोली रहेको यो समूहबाट लगातार दोस्रो हारसँगै एभरेष्ट प्रतियोगिताबाट बाहिरिएको छ ।

एपीएफ लगातार दोस्रो जितसँगै समूह विजेताका रुपमा सेमिफाइनल पुगेको हो । एक खेल जितेको आर्मी उपविजेताका हैसियतले सेमिफाइनल पुग्यो ।

सेमिफाइनलमा आर्मीको भेट पुलिससँग हुनेछ भने अर्को सेमिफाइनलमा एपीएफले न्यु डायमन्डविरुद्ध खेल्नेछ ।

कान्तिपुर

Link copied successfully