कुमायाक गोल्डकप जेठमा 

वैशाख ९, २०८२

लक्ष्मी गौतम

Kumayak Gold Cup in May

पाँचथर — कुम्मायक गोल्डकपको छैठौं संस्करण जेठ २ देखि ५ गतेसम्म यासोकमा सञ्चालन हुने भएको छ ।

कुम्मायक स्पोर्टिङ क्लबको आयोजना तथा कुम्मायक गाउँपालिकाको प्रवर्द्धनमा गोल्डकप आयोजना हुन लागेको हो । प्रतियोगिताको तयारी सुरु गरिएको क्लबले फिदिममा पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो । क्लबका अध्यक्ष खेमराज निरौलाका अनुसार पाँचथरका ७ र तेह्रथुमका एक गरी ८ टिमले भाग लिनेछन् ।

प्रतियोगिताको विजेताले ७५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र  प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ४५ हजार ५ सय ५५ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताभरको सर्वोत्कृष्ट खेलाडाीलाई ५ हजार तथा विधागत खेलाडीहरुलाई नगद ३ हजार रुपैयाँका दरले पुरस्कृत गर्ने आयोजकको तयारी छ ।

‘आठ वटा स्थानीय तहको सहभागिता, कुमायाकको सान, स्थानीय खेलकुद विकासमा कुमायाक स्पोर्टिङको अभियान’ भन्ने नारासहित साथ हुने प्रतियोगिताका लागि करिब २२ लाख ८४ हजार रुपैयाँ लागत अनुमान गरिएको छ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully