हिमालयन एभरेस्टलाई इन्स्योरेन्स कप

वैशाख ८, २०८२

कान्तिपुर संवाददाता

Insurance Cup to Himalayan Everest

काठमाडौँ — हिमालयन एभरेस्ट इन्स्योरेन्स टिमले दोस्रो इन्स्योरेन्स कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।

हिमालयनले उपाधिसहित ३५ हजार रुपैयाँ पुरस्कार जित्यो । बीमा दोकान प्रालिले नयाँ वर्षको अवसरमा आयोजना गरेको अन्तर बीमा कम्पनी फुटसलको फाइनलमा हिमालयन एभरेस्टले हिमालयन लाइफ इन्स्योरेन्सलाई हराएको थियो । उपविजेता हिमालयन लाइफले १५ हजार रुपैयाँ पुरस्कार पायो ।

दुई दिने स्पर्धामा जीवन, निर्जीवन, माइक्रो बीमा र पुनर्बीमा गरी ११ कम्पनीको सहभागिता थियो ।  

नेपाल बीमा प्राधिकरणका निर्देशक निर्मल अधिकारीले विजेतालाई सिल्ड तथा पुरस्कार वितरण गरे । स्वास्थ्यका लागि खेल र बीमाका लागि सहकार्य भन्ने नाराका साथ प्रतियोगिता गरिएको बिमा दोकानले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully