गढीमाई प्रिमियर लिग : गढीमाई वारियर्स र ताम्बश्री नेपाल विजयी

वैशाख ८, २०८२

शंकर आचार्य

Gadhimai Premier League: Gadhimai Warriors and Tambashri Nepal won

पर्सा — वीरगन्जको हरपतगन्जमा सञ्चालित गढीमाई प्रिमियर लिग किक्रेट प्रतियोगिता अन्तर्गत सोमबार भएको दुई खेलमा आयोजक गढीमाई स्पोर्टस् क्लब र ताम्बश्री नेपाल विजयी भएका छन् ।

पहिलो खेलमा गढीमाई वारियर्सले अल्फा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको हो । निर्धारित १६ ओभरको खेलमा गढीमाईले टस जितेर अल्फा एभेन्जर्सलाई ब्याटिङको निम्तो दिएको थियो । पहिले ब्याटिङ गरेको अल्फा एभेन्जर्सले १० ओभरमा सबै विकेट गुमाउँदै ८६ रन मात्र जोड्न सक्यो । 

जसमा रवि यादवको ३४ र आसिफ अन्सारीको १६ रनको योगदान रह्यो । ‘म्यान अफ दि म्याच’ घोषित गढीमाईका बलर साजन रायले ४ ओभरमा १४ रन दिइ ४ विकेट लिए । 

जवाफमा खेल्दा गढीमाईले १२ ओवर ३ बलमा ३ विकेटको क्षतिमा ८८ रन बनाई विजयी लक्ष्य भेट्टायो । साजन रायले अविजित ५७ रन बनाए । अर्का ब्याट्सम्यान अर्जुन यादवले १४ रन बनाएका थिए । अल्फा एभेेन्जर्सका अभिषेक महतोले २ विकेट लिएका थिए ।

दोस्रो खेलमा ताम्बश्री नेपालले जीतपुर ११ लाई ६ विकेटले पराजित गर्‍यो । टस जितेर पहिले ब्याटिङ गरेको जितपुर ११ ले पूरै ओभर खेलेर ९ विकेटका क्षतिमा ५२ रन मात्र बनाउन सक्यो । उसका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

ताम्बश्रीका बलर राजन साह एक्लैले ४ विकेट लिए । उनी ‘म्यान अफ दि म्याच’ समेत भए । 

जवाफमा ब्याटिङ गर्दा ताम्बश्रीले १० ओभर २ बलमा ४ विकेटको क्षतिमा ५३ रन बनाइ विजयी भयो । इमाम अन्सारीले ११ रन बनाएका थिए । जितपुर ११ का मुन्ना यादवले २ र मनु हजराले १ विकेट लिएका थिए । 

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully