राष्ट्रिय स्केटबोर्डिङ : खुसी, गजेन्द्र र अभिषेक च्याम्पियन

वैशाख ६, २०८२

कान्तिपुर संवाददाता

National Skateboarding: Khushi, Gajendra and Abhishek Champions

काठमाडौँ — खुसी बिक, गजेन्द्र बर्देवा र अभिषेक परियार आठौं राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिपको आफ्नो विधामा विजेता भएका छन् । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा भएको च्याम्पियनसिपमा महिला खुलातर्फ खुसी विजेता भइन् । लेमन मगर दोस्रो र समिक्षा राईले तेस्रो भए ।

खुला पुरुषतर्फ गजेन्द्र प्रथम, शरद राई दोस्रो र वसन्त राई तेस्रो भए । पुरुष जुनियरतर्फ अभिषेक प्रथम, अंकित बिक दोस्रो र अविनाश कुमाल तेस्रो भए ।

खुला विजेताले २५ हजार, दोस्रोले २० हजार र तेस्रोले १५ हजार,  जुनियर विजेताले १० हजार, दोस्रोले ५ र तेस्रोले ३ हजार रुपैयाँ पुरस्कार पाएको  आयोजक संघका महासचिव सत्य थापाले बताए ।

विजेता खेलाडीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघका अध्यक्ष अच्युत खनाल, प्रशिक्षक दिलीपराज बराललगायतले पुरस्कृत गरे ।

शनिबारै राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले प्रतियोगिताको उद्घाटन गर्दै ओलम्पिकमा खेल जित्ने गरेर तयारी गर्न खेलाडीलाई तयारी गर्न आग्रह गरेका थिए ।

National Skateboarding: Khushi, Gajendra and Abhishek Champions

कान्तिपुर

Link copied successfully