काठमाडौँ — अखिल नेपाल कबड्डी संघ (एएनकेए) ले ललितपुरको सातदोबाटोमा द्विपक्षीय महिला कबड्डी टेस्ट सिरिज आयोजना गर्ने भएको छ । त्यसमा आयोजक नेपाल र बंगलादेशका राष्ट्रिय टोलीले प्रतिस्पर्धा गर्नेछ ।
शुक्रबार काठमाडौंमा कबड्डी संघका महासचिव अरविन्दकुमार झाले पााचदिने शृंखला अप्रिल २० देखि २६ सम्म सातदोबाटोस्थित तेक्वान्दो कभर्डहलमा खेलाइने जानकारी गराए ।
बंगलादेश कबड्डी संघसाग सम्झौता गर्दै अन्तर्राष्ट्रिय स्तरमा टेस्ट कबड्डीको अवधारणा ल्याएको उनले बताए । सम्झौताअनुसार नेपाल र बंगलादेशले एक वर्षमा तीन–तीन शृंखला आयोजना गर्नेछ । झाले भने, ‘नेपालको पुरुष टोलीले फेब्रुअरी १८ देखि २८ सम्म बंगलादेशको भ्रमण गरिसकेको छ र पााच–दिवसीय शृंखला खेलेको थियो । नेपाल ४–१ ले पराजित भएको थियो ।
यो राष्ट्रिय महिला कबड्डी टोलीले खेल्ने पहिलो टेस्ट शृंखला हुनेछ । झाले बंगलादेश टोली शनिबार काठमाडौं आइपुग्ने बताए ।
महिला टोलीले सन् २०२३ मा हाङचाउ एसियाली खेलकुदमा टिम इभेन्टमा कांस्य पदक जितेको थियो । नेपालको कबड्ठी टोलीले विगत केही वर्षमा ऐतिहासिक सफलता हासिल गरेको स्मरण गर्दै झाले नेपालको पुरुष र महिला दुवै टोली दुई वर्षयता मूलपानीमा बन्द प्रशिक्षण सिविरमा रहेको बताए ।
महिला टोली हाल विश्वव्यापी वरीयतामा तेस्रो स्थानमा छ । नेपाल जुन १ देखि १३ सम्म भारतमा हुने महिला कबड्डी विश्वकपको तयारीमा रहेको उनले बताए ।
सञ्चारकर्मी तथा मोडेल विभूषा बस्नेतलाई एक वर्षका लागि कबड्डीको ब्रान्ड एम्बासडर नियुक्त गरिएको थियो । उनले भनिन्, ‘मलाई आशा छ हामी कबड्डीको विकास र प्रवर्द्धनका लागि सागै भूमिका खेल्न सक्छौं ।’
