लक्की र सुष्मा स्वर्ण जित्दै छनोट

वैशाख ४, २०८२

कान्तिपुर संवाददाता

Lucky and Sushma win gold and qualify

काठमाडौँ — लक्की चौधरी र सुष्मा तामाङले प्रथम पारा जुडो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । पुरुष ६ं० केजीमुनि फाइनलमा लक्कीले प्रशान्त चौधरीलाई पराजित गरे । क्षितिज ठगुन्ना तेस्रो भए ।

महिला ५२ केजीमुनि फाइनलमा सुष्माले विपना पुनलाई हराइन् । भवानी श्रेष्ठ तेस्रो भइन् । प्रतियोगिता नेकोस र राष्ट्रिय जुडो संघसहित नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघको संयुक्त आयोजनामा भएको हो ।

आ–आफ्नो स्पर्धामा पहिलो भएका लक्की र सुष्मा जापानमा नोभेम्बरमा हुने डेफ ओलम्पिकका लागि छनोट भएको नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघका वरिष्ठ उपाध्यक्ष धर्मकुमार श्रेष्ठले जनाएका छन् ।

कान्तिपुर

Link copied successfully