कुकिवन कप तेक्वान्दो सुरु

वैशाख ४, २०८२

कान्तिपुर संवाददाता

Kukiwon Cup Taekwondo Begins

काठमाडौँ — सातदोबाटोस्थित कुकिवन कप तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । नेपाल तेक्वान्दो संघ र विश्व तेक्वान्दोको मुख्यालय कुकिवनको संयुक्त आयोजनामा वैशाख ६ सम्म तेक्वान्दो एकेडेमी हलमा प्रतियोगिता चल्नेछ ।

देशका विभिन्न डोजाङ तथा विभागीय टिमबाट गरी सात सय खेलाडी सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा ब्रेकिङ, पुम्से, टिम फाइट तथा तेक्वान्दो एरोबिक्स जस्ता विधामा प्रतिस्पर्धा हुनेछ ।  

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी तथा नेपालस्थित दक्षिण कोरियाली राजदूत पार्क तेई योङले बिहीबार संयुक्त उद्घाटन गरे ।

मन्त्री चौधरीले प्रतियोगिता आयोजनाले नेपाल र दक्षिण कोरियाबीचको सम्बन्ध प्रगाढ पार्ने विश्वास व्यक्त गरे ।

कान्तिपुर

Link copied successfully