कराते खेलाडी शेखु अमेरिकामा सम्मानित

वैशाख ३, २०८२

कान्तिपुर संवाददाता

Karate player Sheikhu honored in America

काठमाडौँ — च्याम्पियन मार्सल आर्ट्स क्लब अमेरिकाले कराते खेलाडी मोहम्मद शेखु आलमलाई नगदसहित सम्मान गरेको छ । डिस्ट्रिक्ट ३० का एसेमब्ली मेम्बर स्टेभन रागाले शेखुलाई १ हजार अमेरिकी डलर र प्रशंसापत्र प्रदान गरेका थिए ।

शेखु युएसए ओपन कराते प्रतियोगिता खेल्नका लागि अमेरिकामा छन् । लस भेगसमा अप्रिल १८ देखि २० सम्म हुने प्रतियोगितामा शेखुले पुरुष ८४ केजीमुनि तौल समूहमा भाग लिने छन् । करियरको १४ अन्तर्राष्ट्रिय प्रतियोगितामा शेखुले ५ स्वर्ण, ३ रजत र २ कांस्य पदक जितेका छन् । त्यति नै घरेलु प्रतियोगितामा शेखुले ९ स्वर्ण, १ रजत र ४ कांस्य हात पारेका छन् ।

नेपाली कम्युनिटीका लिडर नवराज केसी, कराते प्रशिक्षक मकेन्द्रबहादुर सिंह र जनकसिंह खड्का, तेक्वान्दो प्रशिक्षक पुष्प थापा मगरलगायत सहभागी थिए । ११ औं सागका स्वर्ण विजेता तथा क्लबका अध्यक्ष सुनील लामाका अुनसार च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएले आफ्नो नियमित प्रशिक्षणसँगै विभिन्न प्रतियोगितामा सहभागिता भाग लिँदै आएको छ ।

कान्तिपुर

Link copied successfully