काठमाडौँ — ललितपुर जिल्ला पावर लिफ्टिङ संघको आयोजना तथा नेपाल पावर लिफ्टिङ संघको सहकार्यमा बागमती वारियर्स बागमती प्रदेशस्तरीय पावर लिफ्टिङ प्रतियोगिता आयोजना हुने भएको छ ।
प्रतियोगिता वैशाख ५ र ६ गते राखेप कभर्डहलमा हुनेछ । प्रदेशका उत्कृष्ट पावरलिफ्टरबीच प्रतिस्पर्धा हुने यो प्रतियोगिताबाट अगस्टमा काठमाडौंमै हुने एसियन पावर लिफ्टिङ प्रतियोगितालाई खेलाडी छनोट गरिने छ । पुरुषतर्फ ५९ केजीमुनि, ६६ केजीमुनि, ७४ केजीमुनि, ८३ केजीमुनि, ८३ केजीमाथि तथा महिलातर्फ ५७ केजीमुनि, ६३ केजीमुनि, ६९ केजीमुनि र ६९ केजीमाथि तौलमा प्रतिस्पर्धा हुनेछ । उमेर समूहअनुसार मास्टर पुरुष ५० वर्षमाथि र महिला ४० वर्ष माथि, सब जुनियरमा पुरुष १८ वर्षमुनि र जुनियरमा पुरुष २३ वर्ष मुनि प्रतिस्पर्धा हुनेछ ।
प्रत्येक तौल समूहका विजेताले २० हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार पाउनेछन् । मास्टर, सब जुनियर, जुनियरका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः ३० हजार, १५ हजार र १० पाउनेछन् । समग्र विजेतालाई १ लाख पुरस्कार प्रदान गरिने संघले जनाएको छ ।
