क्रिकेटर पूजा महतो गृहनगरको मानार्थ खेलकुद अधिकृत

वैशाख २, २०८२

सन्तोष सिंह

Honorary sports officer of cricketer Pooja Mahato hometown

महोत्तरी — नेपाली यू–१९ महिला क्रिकेट टिमकी कप्तान पूजा कुमारी महतोलाई नगरपालिकाको मानार्थ खेलकुद अधिकृत पदमा नियुक्त गरिएको छ ।

राष्ट्रिय महिला क्रिकेट टोलीकी उदयीमान खेलाडी तथा १९ वर्षमुनिको नेपाली महिला क्रिकेट टिमकी कप्तान महतोलाई महोत्तरीको गौशाला नगरपालिकाले मानार्थ खेलकुद अधिकृत पदमा नियुक्त गरेको हो ।

गौशाला नगरपालिका ११ निवासी महतोलाई नगरपालिकाको शिक्षा तथा खेलकुद शाखामा मानार्थ खेलकुद अधिकृत पद सृजना गरी उनलाई अधिकृतस्तर छैटौं श्रेणी अनुसारको पारिश्रमिक प्रदान गर्ने निर्णय गरिएको गौशाला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव अधिकारीले बताए । 

गौशाला नगरपालिकाको कार्यपालिका र १३ औं हिउदे नगर सभाबाट क्रिकेट खेलाडी महतोलाई सम्मान गर्दै मानार्थ खेलकुद अधिकृतमा नियुक्त गरिएको गौशाला नगरपालिकाका नगर प्रवक्ता रामपृत महतोले बताए ।

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully