आठौं राष्ट्रिय स्केटबोर्ड वैशाख ५ र ६ मा

वैशाख २, २०८२

कान्तिपुर संवाददाता

8th National Skateboard on May 5th and 6th

काठमाडौँ — नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ र राष्ट्रिय खेलकुद परिषद्को संयुक्त आयोजनामा आठौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता यही वैशाख ५ र ६ गते हुने भएको छ ।

आयोजक नेपाल स्केटिङ तथा स्केटबोर्डिङले दुईदिने प्रतियोगिता टोखा नगरपालिकास्थित स्केटर्स नेपाल स्केटपार्कमा हुनेछ । २ सय ५० पुरुष र १ सय ५० महिला प्रतियोगीको भाग लिने संघका अध्यक्ष अच्युत खनालले बताए । सातवटै प्रदेशबाट खेलाडी छनोट गरेर प्रतियोगितामा समावेश गरिएको जनाइएको छ ।

वैशाख ५ मा छनोट चरण र ६ गते अन्तिम चरणको प्रतिपर्स्धा हुनेछ । स्केटबोर्डिङ खेलअर्न्तगत फ्री-स्टाइल विधामा बेस्ट ट्रिक र बेस्ट रन विधा खेलाइने छ । संघले विराटनगर, बुटवल, पोखरा र काठमाडौंका विभिन्न स्थानमा राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता सम्पन्न गरिसकेको छ ।

पुरुष र महिलातर्फ विजेताले २५ हजार, दोस्रोले २० हजार र तेस्रोल १५ हजार पुरस्कार प्राप्त गर्नेछन् । आयोजककै रूपमा रहेको राखेपले पुरस्कार, पदक र ट्रफीको व्यवस्था गरिदिने संघले जनाएको छ ।

कान्तिपुर

Link copied successfully