रग्बी फिप्टिन्समा गोर्खाली क्लबको दाबेदारी

चैत्र ३१, २०८१

कान्तिपुर संवाददाता

The Gorkhali club's dominance in rugby fives

काठमाडौँ — डिफेन्डिङ च्याम्पियन गोर्खाली रग्बी क्लब एक महत्त्वपूर्ण खेलमा त्रिभुवन आर्मी क्लबलाई ३०–१० स्कोरले पराजित गर्दै फिप्टिन्स रग्बी च्याम्पियनसीपको उपाधिमाथि दाबेदार बनेको छ।

शनिबार पहिलो खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई एकपक्षीय खेलमा ७८–० ले हराएको थियो । राउन्ड रोविन लिगको यो नतिजासँगै गोर्खालीको ४ अंक बनेको छ । एपीएफ र आर्मीको २–२ अंक भयो । पुलिस अंकविहिन छ।

अब प्रतियोगिताको लिग चरणको अन्तिम खेल मंगलवार हुनेछ । त्यसमा गोर्खालीले नेपाल पुलिससँग तथा एपीएफले आर्मीविरुद्ध प्रतिस्पर्धा गर्नेछ । यसको समग्र नतिजासँगै लिगमा शीर्ष रहने टोली च्याम्पियन हुनेछ ।

च्यासल मैदानमा शनिबार गोर्खाली क्लबले सुरुदेखि नै आर्मीमाथि दबाब बनाएको थियो । दुई पेनाल्टीमार्फत ६ अंक जोडेपछि आर्मी पछि परेको थियो । जसको फाइदा उठाउँदै गोर्खालीले पहिलो हाफमा १८–३ को अग्रता बनायो ।

दोस्रो हाफमा स्कोर बढाएर गोर्खालीले ३० पुर्‍यायो भने आर्मी १० अंकमा रोकियो । गोर्खालीबाट एक्लैले १५ अंक बनाएका विजय खड्का म्यान अफ द म्याच भए ।

पुलिसविरुद्ध भने एपीएफ पूर्णतः हाबी भयो । टोलीले पहिलो हाफमै ४८ स्कोर गरिसकेको थियो । एपीएफले दोस्रो हाफमा स्कोर थप्ने काम भयो । एपीएफ कप्तान विराट श्रेष्ठ म्यान अफ द म्याच बने ।  

कान्तिपुर संवाददाता

Link copied successfully