एमेच्योर टेनिस : देव र दीपको जोडी फाइनलमा

चैत्र २९, २०८१

कान्तिपुर संवाददाता

Amateur Tennis: Dev and Deep in the finals

काठमाडौँ — मन्डिखाटार दोस्रो एमेच्योर टेनिस प्रतियोगिताको ३५ वर्षमाथिको डबल्समा देव क्षेत्री र दीप राणाको जोडीले उपाधि जितेको छ ।

मन्डिखाटार टेनिस कोर्टमा शुक्रबार फाइनलमा क्षेत्री र राणाको जोडीले भीष्मजंग गुरुङ र सीमान्त गुरुङको जोडीलाई सुपर टाइब्रेकरमा पराजित गर्दै उपाधि जितेको हो । ६–३, ४–६ पछि नतिजा १४–१२ ले निकालिएको थियो ।

४५ वर्ष माथिको डबल्समा महेश श्रेष्ठ र डिगेन्द्र श्रेष्ठको जोडीले उपाधि जितेको छ । उनीहरूले धर्म लामिछाने र गोपी भट्टराईको जोडीलाई सुपर टाइब्रेकरमा पराजित गरेको हो । विजेता जोडीले ६–३, २–६, १०–७ ले नतिजा निकाल्यो ।

सूर्य गिरी र देव क्षेत्रीबीच ४५ वर्ष माथिको सिंगल्समा उपाधि भिडन्त हुनेछ । सेमिफाइनलमा सूर्यले आशिष सिग्देललाई ६–१, ६–२ र देवले महेश श्रेष्ठलाई ६–२, ६–४ ले हराए ।  । ५५ वर्ष माथि मनोजविक्रम शाह र सन्जीव श्रेष्ठ तथा जीवन घिमिरे र सुदर्शन विष्टको जोडीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनलमा जीवन र सुदर्शनको जोडीले मनोज राणा र डिगेन्द्र श्रेष्ठको जोडीलाई ६–३, ६–२ ले हरायो । मनोजविक्रम र सन्जीवको जोडीले हिमाल शाह र शिव सेढाईंको जोडीलाई ६–४, ४–६, १०–३ ले हरायो ।

५५ वर्षमाथि सिंगल्समा विमल वाइबा र मनोजविक्रम शाहले उपाधि भिडन्त गर्नेछन् । विमलले उत्तम बोगटीलाई ६–१, ६–१ ले र मनोजले जीवन घिमिरेलाई ६–०, ६–४ ले हराए । ६५ वर्ष माथिको डबल्समा कमल थापा र छाम्बा ढुन्डुपको जोडीले उपाधि जितेको छ । उनीहरूले मनोज राणा र प्रकाशसिंह बोगटीको जोडीलाई ६–२, ६–३ ले हराए ।

६५ वर्ष माथिको सिंगल्समा उपाधिका लागि कमल थापा र कर्मा घलेबीच प्रतिस्पर्धा हुनेछ ।   

कान्तिपुर संवाददाता

Link copied successfully