ओसन कप यु–१३ फुटबल सुरु

चैत्र २८, २०८१

हरिराम उप्रेती

Ocean Cup U-13 football begins

गोरखा — दसौं ओसन कप यू–१३ राष्ट्रिय फुटवल प्रतियोगिता बिहीबार सुरु भएको छ । द ओसन क्लबको गोरखा नगरपालिका–९ मा रहेको कृत्रिम घाँसे मैदानमा सुरु भएको खेलमा देशका १२ टिमको सहभागिता छ ।

लिगकम नकआउटका आधारमा भएको प्रतियोगिताको पहिलो दिन बिहीबार ८ खेल भएको ओसन क्लबका अध्यक्ष अमित खत्रीले बताए । प्रतियोगितामा ३८ खेल हुनेछ । पहिलो हुनेले ओसन क्लब रनिङ ट्रफीसहित २५ हजार पुरस्कार पाउनेछन् । दोस्रोले १५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिता वैशाख १ सम्म सञ्चालन हुनेछ । प्रतियोगिताको गोरखा नगरपालिकाका मेयर कृष्ण राना, राष्ट्रिय टिमका पूर्वकप्तान विक्रम लामा, विराज महर्जनले उद्घाटन गरेका थिए ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully