५ स्वर्णसहित ठेचो डोजो टिम च्याम्पियन

चैत्र २६, २०८१

कान्तिपुर संवाददाता

Thacho Dojo Team Champion with 5 golds

काठमाडौँ — ठेचो डोजोले सर्वाधिक ५ स्वर्ण, १ रजत र ३ कांस्य जित्दै सहिद सागर सिंह तथा ज्ञानबहादुर शाही स्मृति कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ ।

ललितपुर महानगरपालिकाको सहयोगमा नेपाल सितोरियो कराते डो संघ प्रयोगपोखरी डोजोद्वारा आयोजित प्रतियोगितामा नरहरिपुर डोजो दोस्रो भयो । नरहरिपुरले ४ स्वर्ण, ४ रजत र ३ कांस्य हात पार्‍यो । तेस्रो स्थानको नगदेश डोजोले ४ स्वर्ण, ४ रजत र २ कांस्य जित्यो ।

पाटन दरबार स्क्वायरमा भएको प्रतियोगिताको पुरुषमा आयोजक प्रयागपोखरी डोजोका मोहन माझी र महिलामा भक्तपुर नगरपालिककी सुयोगी गुरुङ उत्कृष्ट खेलाडी घोषित भए । पुरुषमा थिमि डोजोका आयुश लामा र महिलामा बंगलामुखी डोजोकी अन्ना तामाङ उदीयमान खेलाडी चुनिए ।

दुईदिने प्रतियोगितामा ५ सय ५० खेलाडीले विभिन्न २२ स्पर्धामा प्रतिस्पर्धा गरेको प्रयागपोखरीका प्रशिक्षक विकास महर्जनले जनाएका छन् ।

कान्तिपुर

Link copied successfully