रेनुका प्रोत्साहन पुरस्कारबाट सम्मानित

चैत्र २५, २०८१

कान्तिपुर संवाददाता

Recipient of the Renuka Incentive Award

काठमाडौँ — नेपाली महिला फुटबल टोलीकी मिडफिल्डर रेनुका नगरकोटे सोमबार क्षेत्रप्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कार–२०८१ बाट सम्मानित भएकी छन् ।

गुरुकुल एजुकेसनल फाउन्डेसन नेपालद्वारा आयोजित एनसीएम दिवस कार्यक्रममा रेनुकालाई उक्त सम्मान प्रदान गरिएको हो । उनलाई ५० हजार नगद प्रदान गरिएको थियो ।

कार्यक्रममा क्षेत्रप्रतापका छोरा अमनप्रताप अधिकारीले रेनुकालाई ‘अनसिन हिरो’को रूपमा सम्मान गर्दै उनको खेलकुद मैदानको प्रदर्शन होस् वा जीवनको कठिन संघर्ष दुवै भावीपुस्ताका ठूलो प्रेरणा बन्ने बताए ।

नेपाल कलेज अफ म्यानेजमेन्टका कलेज प्रिन्सिपल प्रा.डा. सुशीलभक्त माथेमाले रेनुकाको खेलजीवन अझ उर्जावान बनोस् भन्ने कामना गरे ।

रेनुकाले नेपाली टोलीबाट थुप्रै प्रतियोगितामा उल्लेखनीय योगदान दिएकी छन् ।  

कान्तिपुर

Link copied successfully