खुला टेबलटेनिसमा राजन र शेखर फाइनलमा

चैत्र २५, २०८१

कान्तिपुर संवाददाता

Rajan and Shekhar in Open Table Tennis final

काठमाडौँ — राजन सुब्बा र शेखर श्रेष्ठ सोमबार दोस्रो राष्ट्रिय खुला जुनियर तथा भेट्रान टेबलटेनिस प्रतियोगिताको भेट्रान ६० वर्षमाथि पुरुष सिंगल्समा   फाइनल पुगेका छन् । राजनले आनन्दरत्न धाक्वालाई ३–० र शेखरले अशोक शर्मालाई ३–० को सोझो सेटमा पराजित गरे ।

राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगिताको जुनियरमा ४ तथा भेट्रानमा ३ विधामा प्रतिस्पर्धा भइरहेको छ । चैत २८ सम्म चल्ने प्रतियोगितामा २ सय ५० खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक धर्ममान वज्राचार्यले जनाए ।

हरेक विधाका शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

कान्तिपुर संवाददाता

Link copied successfully