काठमाडौँ — नेपालले १६ औं विश्व योगासना च्याम्पियनसिपमा २ स्वर्णसहित ६ पदक जितेको छ । नेपालले १ रजत र ३ कांस्य पनि जितेको हो ।
मलेसियाको क्वालालम्पुरमा चैत २३ र २४ मा भएको प्रतियोगितामा ९–११ वर्ष उमेर समूहमा प्रयासजंग चौहान र १२–१४ वर्ष उमेर समूहमा प्रत्युषा खतिवडाले स्वर्ण जिते ।
९–११ वर्ष उमेर समूहमा अमिष पटेलले रजत पदक प्राप्त गरे । सोही उमेर समूहमा किरण मगर र संस्कृति चौलागाईं तथा १५–१७ वर्ष उमेर समूहमा सुन्दर सार्कीले कांस्य पदक पाए ।
२३ राष्ट्रका १ सय ५३ खेलाडी सहभागी च्याम्पियनसिपमा नेपालबाट ३१ खेलाडी सहभागी भएका थिए ।
