न्युजिल्यान्डविरुद्धको अन्तिम खेलमा पाकिस्तानी ओपनर इमाम घाइते, उठ्न नसकेपछि एम्बुलेन्स बोलाएर लगियो

चैत्र २३, २०८१

कान्तिपुर संवाददाता

In the last match against New Zealand, Pakistan opener Imam was injured, unable to get up and an ambulance was called

काठमाडौँ — न्युजिल्यान्ड र पाकिस्तानबीचको एक दिवसीय श्रृंखलामा शनिबार तेस्रो तथा अन्तिम खेल जारी छ । खेलमा पाकिस्तानका आक्रामक ब्याटर इमाम उल हक रिटायर हर्ट हुँदै बाहिरिएका छन् ।

एक डाइरेक्ट थ्रोमा टाउकोमा बल लागेपछि उनी गम्भीर घाइते बनेका छन् । बीच मैदानमा पीडाले छट्पटाइरहेका उनलाई तत्काल चिकित्सकले एम्बुलेन्समा राखेर बाहिर ल्याए ।

हिँड्नसम्म नसक्ने भएपछि एम्बुलेन्स क्रिजमै लगिएको थियो । २६५ रन पछ्याउँदै ब्याटिङमा उत्रिएको पाकिस्तानका लागि अब्दुल्ला शफीक र इमाम उल हक ओपनिङमा आएका थिए । 

तेस्रो ओभरको तेस्रो बलमा एक रन लिनका लागि इमाम दौडिएका थिए । तर सोही बेला चोट लागेको हो । एक थ्रो सिधै इमामको हेलमेटमा आएर लाग्यो र उनी मैदानमै ढले । 

बल उनको हेलमेटमै फसेको थियो । अत्यधिक पीडाले ढलेका उनी उठ्न पनि सकेनन् । तत्कालै स्वास्थ्यकर्मीले एम्बुलेन्स लिएर आए, र उनलाई मैदानबाट उपचारका लागि बाहिर ल्याए ।

कान्तिपुर

Link copied successfully