गाईघाटसँग एपीएफ स्तब्ध

चैत्र २३, २०८१

कान्तिपुर संवाददाता

APF shocked with Gaighat

धनकुटा — गाईघाट फुटबल क्लबले शुक्रबार विभागीय टोली एपीएफ फुटबल क्लबलाई २–१ गोलले पराजित गर्दै १७ औंसहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको फाइनल तय गरेको छ । 

धनकुटा–५ को तल्लो टुँडिखेलमा शुक्रबार सेमिफाइनलमा गाईघाटविरुद्ध खेलको पहिलो मिनेटमै गोल गरेर एपीएफले अग्रता लिएको थियो । एपीएफका युवराज खड्काले गोल गरेका थिए । उनको गोलसँगै दबाबमा देखिएको गाईघाटले पहिलो हाफसम्म गोल फर्काउन सकेन । 

मध्यान्तरपछि निकै आक्रामक रणनीतिमा मैदान उत्रिएको गाईघाटबाट ६० औं मिनेटमा किस्मत लिम्बूले गोल गरेर खेल बराबरीमा ल्याएका थिए । पोस्ट नजिकैबाट उनको कडा प्रहार गोलमा परिणत भयो ।  मध्यान्तरपछि अधिकांश समय गाईघाटले बल नियन्त्रणमा लियो । उत्तरार्धको ७० औं मिनेटमा गाईघाटबाट विदेशी खेलाडी फोफोनाले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाए । उनको गोल नै निर्णायक बन्न पुग्यो । गाईघाटका फोफाना म्यान अफ द म्याच भए ।  

कान्तिपुर

Link copied successfully