सहिद सागर र ज्ञानबहादुर स्मृति कराते हुने

चैत्र २२, २०८१

कान्तिपुर संवाददाता

Shaheed Sagar and Gyan Bahadur Smriti Karate

काठमाडौँ — नेपाल सितोरियो कराते डो संघ प्रयोगपोखरी डोजोले सहिद सागर सिंह र ज्ञानबहादुर शाही स्मृति कराते प्रतियोगिता गर्ने भएको छ ।

सोमबार सुरु हुने प्रतियोगितामा करिब ६ सय खेलाडीको सहभागिता रहने संयोजक गोपाल महर्जनले जानकारी गराए । पुरुष/महिलामा एकल काता र कुमितेमा गरी ११–११ विधामा प्रतिस्पर्धा हुनेछ ।

काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे र सिन्धुपाल्चोक जिल्लाका ३५ टिम सहभागी हुने आयोजक डोजोका प्रशिक्षक विकास महर्जनले बताए ।

बागमती प्रदेशका सांसद रामकृष्ण चित्रकारले युवा खेलाडीलाई संगठित गर्न र सहिदप्रति सम्मान व्यक्त गर्न प्रतियोगिता महत्त्वपूर्ण हुने बताए । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले देशका लागि ज्यान दिने सहिदको सम्झनामा प्रतियोगिता गर्न लागेकामा आयोजकलाई धन्यवाद दिए । दुईदिने प्रतियोगिताका खेल मंगलबजारस्थित आदर्श कन्या निकेतनमा खेलाइने छ ।

कान्तिपुर

Link copied successfully