सकियो तेक्वान्दो पुम्से सेमिनार

चैत्र २२, २०८१

कान्तिपुर संवाददाता

Finished Taekwondo Pumsey Seminar

काठमाडौँ — काठमाडौं जिल्ला तेक्वान्दो संघको आयोजनामा दुई दिने तेक्वान्दो पुम्से सेमिनार शुक्रबार सकिएको छ । सातबाटोस्थित नेपाल तेक्वान्दो संघको प्रशिक्षण केन्द्रमा पुम्से सेमिनार भएको हो ।

सेमिनारमा मुख्य प्रशिक्षकमा अन्तर्राष्ट्रिय रेफ्री नोर्बु लामा र सहायक प्रशिक्षकका रूपमा अस्मिता खड्काले प्रशिक्षण दिएका थिए । सेमिनारमा १ सय १ प्रशिक्षक सहभागी भएको काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले जनाए ।

राखेप सदस्यसचिव टंकलाल घिसिङले तेक्वान्दो पुम्से सेमिनारका सहभागीलाई प्रमाणपत्र वितरण गरे ।

कान्तिपुर

Link copied successfully