विश्व पारा पौडी सिरिजमा दुई खेलाडी

चैत्र २१, २०८१

कान्तिपुर संवाददाता

Two athletes in the World Para Swimming Series

काठमाडौँ — नेपालका दुई पारा खेलाडीले विश्व पारा पौडी सिरिजमा प्रतिस्पर्धा गर्ने भएका छन् । जापानको फुजी सिजुकामा अप्रिल ७ देखि १२ सम्म हुने प्रतियोगितामा १–१ पुरुष/महिला खेलाडीले भाग लिनेछन् ।

पुरुषमा हर्कमान घर्तीले ४ र महिलामा समना गैरेले २ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । हर्कले १ सय मिटर फ्रिस्टायल, ५० मिटर ब्याकस्ट्रोक र बटरफ्लाइ तथा १ सय ५० मिटर व्यक्तिगत मिड्लेमा प्रतिस्पर्धा गर्नेछन् । समना ५० मिटर फ्रिस्टायल र १ सय मिटर ब्रेस्टस्ट्रोकमा सहभागिता जनाउने छिन् । दुवैको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

व्यवस्थापकमा राष्ट्रिय पारा पौडी संघ नेपालका अध्यक्ष सरोज श्रेष्ठ छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङलगायतले बिहीबार बिदाइ गरे । टोली शनिबार जापान जानेछ ।

कान्तिपुर

Link copied successfully