मेयर कप भलिबलको सेमिफाइनल समीकरण

चैत्र १२, २०८१

कान्तिपुर संवाददाता

The semi-finals of the Mayor's Cup Volleyball

काठमाडौँ — जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहलमा भइरहेको अन्तरपालिका मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

महिलातर्फ महालक्ष्मी नगरपालिकाले दुप्चेश्वर गाउँपालिकालाई २–१ सेटमा हरायो । पहिलो सेट १८–२५ ले गुमाएको महालक्ष्मीले त्यसपछि २५–२२, १५–९ ले सेट जितेर सेमिफाइनलमा स्थान बनायो ।

अर्को खेलमा आयोजक ललितपुर महानगरपालिकाले बिगु गाउँपालिकालाई २५–१४, २२–२५, १५–१२ को स्कोरले पराजित गरेको हो । सेमिफाइनलमा महालक्ष्मीले बिगु गाउँपालिका तथा ललितपुर महानगरले नीलकण्ठ नगरपालिकाको सामना गर्नेछ । सेमिफाइनल बुधबार हुनेछ ।

पुरुषतर्फ सेमिफाइनलमा मैलुङ गाउँपालिकाले महांकाल गाउँपालिकासँग खेल्नेछ भने अर्को सेमिफाइनलमा आयोजक ललितपुर महानगरको मन्थली नगरपालिका ए रामेछापसँग हुनेछ ।

मंगलबार ललितपुरले मन्थली ‘बी’ लाई २५–१९, २१–२५, २५–१३, २५–१५ को सेटमा हराएर सेमिफाइनल तय गरेको हो । अर्को खेलमा मन्थली ‘बी’ ले प्रतिस्पर्धात्मक खेलमा दुप्चेश्वर गाउँपालिकालाई २५–१८, १८–२५, २५–१९, २५–२७, १५–१३ ले हरायो ।

मैलुङले बागमती गाउँपालिका ललितपुरलाई २५–२२, २५–२१, २९–२७ को सोझो सेटमा हरायो । महांकालले खाँडादेवी गाउँपालिका रामेछापलाई २५–२२, २५–२० २५–११ ले हराएको थियो ।

दुवैतर्फका विजेताले दुई लाख र उपविजेता एक लाख, तेस्रो हुनेले ५० हजार पुरस्कार पाउनेछन् ।

कान्तिपुर

Link copied successfully