एसियाकप छनोटमा नेपाल मलेसियासँग पराजित

चैत्र १२, २०८१

कान्तिपुर संवाददाता

Nepal lost to Malaysia in Asia Cup qualifiers

काठमाडौँ — नेपालले एसियाकप छनोटको तेस्रो चरण हारसँगै सुरुआत गरेको छ । नेपाल समूह ‘एफ’को खेलमा मलेसियाको हातबाट २–० ले पराजित रहेको हो । नयाँ प्रशिक्षकका रूपमा म्याट रस भित्रिएयता नेपालको यो पहिलो हार हो ।

यसअघि नेपालले मैत्रीपूर्ण अभ्यास खेलमा सिंगापुरलाई हराएको थियो । जोहरको सुल्तान इब्राहिम लार्किन रंगशालामा भएको खेलमा हेक्टर हेभेलले २९ औं मिनेटमा पहिलो गोल गरे । खेलको ७१ औं मिनेटमा लाभेर कोरबिन–ओङले दोस्रो गोल थपे ।

यसै समूहको अर्को खेलमा भियतनामले शानदार सुरुआत लिंदै लाओसलाई ५–० ले हरायो र शीर्ष स्थानका लागि आफू नै बलियो प्रत्यासी रहेको प्रमाणित गर्‍यो । यस नजितासँगै भियतनाम र मलेसिया समान ३/३ अंकमा रहे । नेपाल र लाओस शून्य अंकमा रहे । 

कान्तिपुर संवाददाता

Link copied successfully