मोटरर्‍यालीमा सोभितमान र सुसिन सफल

चैत्र ९, २०८१

कान्तिपुर संवाददाता

Sovitman and Susin succeed in motor rally

काठमाडौँ — गण्डकी अटोमोबाइल्स संघले आयोजना गरेको पोखरा मोटर ‍र्‍यालीमा पुरुष क्याटगोरीतर्फ सोभितमान बुद्धाचार्य (ड्राइभर) र सुसिन लामा (नेभिगेटर) ले विजयी भएका छन् ।

दोस्रो स्थान सुमन बिजुक्छे र रोजिना रञ्जित बिजुक्छेले हासिल गरे भने सुनिल श्रेष्ठ र अनिल श्रेष्ठ तेस्रो स्थानमा रहे । महिला क्याटगोरीमा तिसा जोशी र रेजिना श्रेष्ठ विजयी भए । रोमिका बुद्धाचार्य र चिरायु शेरचन दोस्रो तथा शोभा केसी र सरोज कायस्थ तेस्रो स्थानमा रहे ।

मोटर ‍र्‍याली नेपाल अटोमोबाइल्स एसोसिएसनको मार्सल तथा ट्रेनिङ कमिसनबाट प्रशिक्षित मार्सलहरूले सञ्चालन गरेका थिए । प्रतियोगिताले पोखराको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउनुका साथै मोटरस्पोर्ट्सका प्रतिभालाई उजागर गर्ने अवसर प्रदान गरेको आयोजक गण्डकी अटोमोबाइल्स संघका अध्यक्ष शिव श्रेष्ठले बताए ।

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापाले उद्घाटन गरेका थिए । मोटर र्‍यालीमा ७३ प्रतिस्पर्धी थिए । त्यसमा ५३ पुरुष र २० महिला ड्राइभरले भाग लिएका थिए ।

कान्तिपुर

Link copied successfully