च्याम्पियन्स ट्रफी विजेता टिमलाई बीसीसीआईद्वारा ५८ करोड भारतीय रुपैयाँ पुरस्कार

चैत्र ७, २०८१

कान्तिपुर संवाददाता

INR 580 crores awarded by BCCI to Champions Trophy winning team

काठमाडौँ — भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आईसीसी च्याम्पियन्स ट्रफी विजेता भारतीय टिमलाई नगद पुरस्कार घोषणा गरेको छ ।

बीसीसीआईले बिहीबार एक विज्ञप्ति जारी गर्दै च्याम्पियन्स ट्रफी विजेता भारतीय टिमलाई ५८ करोड भारतीय रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको हो । 

यो नगद पुरस्कारले खेलाडी, कोचिङ स्टाफ, सहयोगी स्टाफ र छनोट कमिटीका सदस्यलाई सम्मानित गर्ने बीसीसीआईले बताएको छ । 

च्याम्पियन्स ट्रफीको फाइनलमा भारतले न्युजिल्यान्डलाई चार विकेटले पराजित गर्दै उपाधि जितेको थियो । 

बीसीसीआईका अध्यक्ष रोजर बिन्नीले भनेका छन्, ‘लगातार दुईपटक आईसीसीको उपाधि जित्नु महत्त्वपूर्ण कुरा हो । र यो पुरस्कारले वैश्विक मञ्चमा टिम इन्डियाको समर्पण र उत्कृष्टतालाई मान्यता दिन्छ ।’

कान्तिपुर

Link copied successfully