सन्धिखर्कमा मुख्यमन्त्री कप भलिबल प्रतियोगिता

चैत्र ५, २०८१

वीरेन्द्र केसी

Chief Minister's Cup Volleyball Tournament at Sandhikhark

अर्घाखाँची — सन्धिखर्क टुँडिखेलमा मंगलबारदेखि लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता–२०८१ सुरु भएको छ । 

लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले खेलको उद्घाटन गरेका छन् । प्रतियोगितामा बाँके जिल्लाबाहेक ११ जिल्लाका खेलाडी सहभागी छन् । मंगलबार अर्घाखाँची र कपिलवस्तुबीच भएको खेलमा अर्घाखाँचीले पहिलो सेट जितेको छ । 

त्यस्तै दाङ र पाल्पाबीच भएको खेलमा पाल्पाले जित हात पार्न सफल भएको थियो । भलिबल खेलमा प्रथम हुनेलाई १ लाख नगद ट्रफी र मेडल, द्वितीय पुरस्कार ६५ हजार, तृतीय पुरस्कार ३५ हजार, सान्त्वना पुरस्कार १५ हजार दिइने प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्यसचिव तिरणदाज गौतमले बताए ।

सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार र उत्कृष्ट ६ विधामा जनही ५ हजार रुपैयाँ दिइनेछ ।

वीरेन्द्र केसी

Link copied successfully