खुला ब्याडमिन्टनमा प्रियान्सु र भोज विजयी

चैत्र २, २०८१

कान्तिपुर संवाददाता

Priyansu and Bhoj win in open badminton

काठमाडौँ — युनिटीका प्रियान्सु क्षेत्री र एपीएफ क्लबका भोजबहादुर गुरुङ तेस्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा क्वाटरफाइनल पुगेका छन् ।

नखिपोट युथ क्लबको आयोजना र नखिपोट ब्याडमिन्टन सर्कलको सह–आयोजनामा भइरहेको प्रतियोगितामा प्रियान्सु पुलिसका कविर केसीलाई २१–१९, २१–१२ र भोजले तन्दुरी हाउसका हिमांशु मगरलाई २१–१६, २१–९ को सोझो सेटमा हराए ।

पुरुष सिंगल्समै धादिङका सुजन थापाले देवीनगरका सक्षम ढकाललाई १८–२१, २१–६, २१–१४ ले, कैलालीका रोशन साउदले फिटनेस पार्कका अमन डंगोललाई २१–१६, २१–१५ ले, पुलिसका हीरा राईले कैलाली शिशिर रानालाई २०–२२, २१–१२, २१–६ ले, आर्मीका विवेक चौधरीले आर्मीकै लक्ष्मण राना मगरलाई १७–२१, २१–१९, २१–१३ ले, एपीएफका क्षितिज खनालले देवीनगरका विविश थापालाई २१–६, २१–६ र एपीएफका प्रनिशसिंह ठकुरीले पुलिसका पूर्ण थापालाई १९–२१, २१–१३, २३–२१ को सेटमा हराए । 

पुरुष डबल्समा आर्मीका विधान अधिकारी र प्रवीण लिङथेप, बालकुमारी रिमिक्स क्लबका दिप्रसमणि वज्राचार्य र रमन महर्जन, धादिङका राम मल्ल ठकुरी र सुजन थापा, आर्मीका विवेक चौधरी र तन्दुरीका हिमांशु मगर, बालकुमारीका सुमित महर्जन र सुमन शाक्य, आयोजक क्लबका नेल्सन राई र स्पोर्ट्स हबका सुमित ठोकर, सूर्यदर्शनका दीपक राणा र जेनिश थकाली तथा एपीएफका भोजबहादुर गुरुङ र प्रनिशसिंह ठकुरीको जोडी क्वाटरफाइनलमा पुगे ।

कान्तिपुर

Link copied successfully