राष्ट्रिय उमा कुङफुमा बागमती च्याम्पियन

चैत्र २, २०८१

कान्तिपुर संवाददाता

National Uma Kung Fu Bagmati Champion

काठमाडौँ — बागमती प्रदेशले सातौं राष्ट्रिय उमा कुङफु प्रतियोगिताको उपाधि शनिबार जितेको छ । सर्वाधिक १९ स्वर्ण जित्दै बागमती टिम च्याम्पियन बन्यो । राष्ट्रिय उमा कुङफु संघको आयोजनामा भएको प्रतियोगितामा कोशी प्रदेश १३ स्वर्णसहित दोस्रो भयो । तेस्रो स्थानको गण्डकी प्रदेशले ७ स्वर्ण जित्यो ।

पुरुषमा राकेश कुलुङ राई र महिलामा आरोनिया श्री उत्कृष्ट खेलाडी घोषित भए । दुवै बागमतीका हुन् ।

प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उद्घाटन गर्दै सीमित स्रोत र साधन बावजुद उमा कुङफु संघले आफ्नै पहलमा गरेको कार्यको प्रशंसा गरे । राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघका महासचिव कुमार बस्नेतले उमा कुङफु संघका पदाधिकारीको टिमवर्क र क्रियाशिलताको सराहना गरे ।

उद्घाटनका अवसरमा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल सन्जितकुमार राई, भूपेन्द्र गुरुङ र कमल मगरलाई प्रशंसा पत्रसहित सम्मान गरियो । सम्मानित तीनै अन्तर्राष्ट्रिय निर्णायक हुन् । सोही अवसरमा उमा कुङफुका प्रमुख प्रशिक्षक दीपक श्रेष्ठ पनि सम्मानित भए ।

कान्तिपुर

Link copied successfully