सैनामैना गोल्डकपको उपाधि कपिलवस्तु ११ लाई

फाल्गुन २८, २०८१

सन्जु पौडेल

Sainamaina Gold Cup title to Kapilvastu 11

तिलोत्तमा — रुपन्देहीको सैनामैनामा सम्पन्न प्रथम सुनगाभा सैनामैना गोल्डकपको उपाधि कपिलवस्तु ११ ले जितेको छ । मुर्गिया फुटबल क्लबको आयोजनामा भएको प्रतियोगिताको बुधबार सैनामैना रंगशालामा भएको फाइनल प्रतिस्पर्धामा अभिषेक चर्च नवलपुरलाई १–० गोल अन्तरले पराजित गर्दै कपिलवस्तु ११ च्याम्पियन बनको हो ।

गोलरहित रहेको पहिलो हाफ बराबरीमा टुंगिएपछि दोस्रो हाफमा खेलाडीले प्रदर्शनलाई तीव्र पारेका थिए । दोस्रो हाफको १० मिनेटमा कपिलवस्तु ११ का लागि खेलेका विदेशी खेलाडी मोहम्मद ईन्द्रेसले १ गोल गरे । उनले डिबक्समा पाएको अवसरलाई गोलमा परिणत गर्दै कपिलवस्तु ११ लाई अग्रत दिलाएका थिए । उक्त गोल नै जितका लागि काफी रह्यो ।

१० दिनसम्म चलेको प्रतियोगितामा नेपालका दुई विभागीय र भारतको एकसहित १० टिमको सहभागिता थियो । खेलमा उपाधि विजेता कपिलवस्तु ११ ले ७ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र हात पार्‍यो भने उपविजेता अभिषेक चर्च नवलपुरले ४ लाख रुपैयाँ प्राप्त गर्‍यो । विजेता खेलाडीलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुरस्कार वितरण गरेका थिए ।

सन्जु पौडेल पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully