बाँसबारी क्लबलाई प्रुडेन्सियलको प्रायोजन

फाल्गुन २८, २०८१

कान्तिपुर संवाददाता

Prudential's sponsorship of the Bamboo Club

काठमाडौँ — सहिद स्मारक ‘बी’ डिभिजन लिगको प्रतिस्पर्धी क्लब बाँसबारीलाई आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले मुख्य प्रायोजन गर्ने भएको छ ।

प्रुडेन्सियलले मुख्य प्रायोजनस्वरुप बाँसबारी क्लबलाई १० लाख रुपैयाँ उपलब्ध गराउने सम्झौता भएको क्लबका अध्यक्ष प्रेम थापाले बताए । क्लबले नगद ७ लाख र ३ लाख बराबरको खेल सामग्री पाउनेछ ।

काठमाडौं महानगरपालिका वडा–३ का अध्यक्षसमेत रहेका थापा र  प्रुडेन्सियलका चिफ मार्केटिङ म्यानेजर श्रीराम भण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

क्लबलाई आईएमई ग्रुपले सहप्रायोजन गर्नेछ । टोलीलाई आईएमईले ३ लाख प्रदान गर्नेछ । क्लबलाई काठमाडौं महानगरपालिका वडा ३ ले पनि ५ लाख दिएको छ । अध्यक्ष थापाका अनुसार यो सिजनका लागि ५० लाख बढी खर्च हुनेछ ।

बाँसबारीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सरस्वती युवा क्लबविरुद्ध प्रतिस्पर्धा गर्दै यो सिजनको बी डिभिजन लिग सुरु गरेको छ । निरन विष्टलाई मुख्य प्रशिक्षक नियुक्त गरेको क्लबको लक्ष्य ए डिभिजन उक्लने रहेको छ । बाँसबारी पछिल्लो सिजन शीर्ष चारमा थियो ।

कान्तिपुर

Link copied successfully